Success Story

मदनपोखरा शाखा, सफलताको कथा, सन्तोषी थापा

19 Dec 2024
Kalika Laghubitta
मदनपोखरा शाखा, सफलताको कथा, सन्तोषी थापा

कालिका लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय मदनपोखराद्वारा संचालित सदस्यता नं.११.०६४.०२.३ को सदस्य श्री सन्तोषी थापा एक सफल व्यवसायी हुनुहुन्छ । पाल्पा जिल्ला माथागढी गाउँपालिका ३ सराई बस्नुहुन्छ । घरको आर्थिक अवस्था निकै कमजोर भएको कारणले गर्दा विबाह पश्चात उहाँको श्रीमान वैदेशिक रोजगारमा जानुभयो । उहाँ चाही घरमा खेतीपाती गरेर बस्नुभयो । दिनहरु वित्दै जाँदा उहाँले कालिका लघुवित्तको बारेमा कर्मचारीबाट थाहा पाउनुभयो र सबै सेवा सुविधाहरुको बारेमा बुझ्दा निकै राम्रो मानेर गाउँमा दिदी बहिनी जम्मा बनाई ७ दिनको तालिम लिई २०७४।०५।२९ मा यस संस्थामा आबद्व हुनुभयो। 
कालिका लघुवित्त वित्तीय संस्थामा आबद्व भई उहाँले ५० हजार कर्जा लिई कुखुरापालन व्यवसाय सुरु गर्नु भएको थियो । कुखुरापालन व्यवसायबाट निकै राम्रो मुनाफा कमाउनु भयो र बिस्तारै व्यवसाय बढाउदै लानुभयो । वैदेशिक रोजगारमा खासै राम्रो कमाई नभएको हुँदा श्रीमान विदेशबाट फर्किएर दुवै जना मिलि व्यवसाय गर्ने सोच बनाउनु भयो । उहांले बिस्तारै कर्जाको साईज बढाएर अन्य व्यवसाय सुरु गर्नुभयो र उहाँ भन्नुहुन्छ हातमा सिप जाँगर त थियो तर पैसाको अभावले गर्दा केही व्यवसाय गर्न सकेको थिइन कालिका लघुवित्तबाट कर्जा पाएकै कारणले गर्दा आँफु आत्म निर्भर बन्न सकेको कुरा बताउनु भयो । आफुले गाउँमा व्यवसाय गरेर छोरा छोरी पढाउन र घर खर्च राम्रोसँग पुगेको र किस्ता तिर्न पनि सहज भएको कुरा बताउनु भयो ।
हाल उहाँले कालिका लघुवित्तबाट ७ लाख कर्जा लिई कुखुरापालन व्यवसाय गर्नुभएको छ र उहाँको फर्ममा ३१०० कुखुरा र २७ वटा बगुर रहेको छ । उहाँ भन्नुहुन्छ हामी जस्तो महिला दिदीबहिनीको लागी कालिका लघुवित्तले सिपमुलक तालिमहरु प्रदान गरेमा धेरै राम्रो हुने थियो । कालिका लघुवित्त प्रति उहाँ मात्र नभई त्यस समुहका अन्य सदस्य पनि धेरै सकारात्मक हुनुहुन्छ । हामी जस्तो व्यवसायीको लागी बिना धितो कर्जाको सिमा रकम अझै बृद्धि भएमा राम्रो हुने थियो र पछिका दिनहरुमा पनि यस संस्थाबाट मात्रै कर्जाको कारोबार गर्ने थियौं भन्दै कालिका लघुवित्तको कर्मचारी अनुशासन र सेवा सुविधाप्रति सन्तुष्टि रहेको बताउनुभयो। कर्जाको सही सदुपयोगबाट नै सफल व्यवसायी भएकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले अहिले मासिक ५५ देखि ६० हजार मुनाफा आर्जन गर्दै आइरहनुभएको छ ।