Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
कालिका लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय फेदीखोलाद्वारा संचालित सदस्यता न.१०६.००३.०१.२ को सदस्य श्री ज्ञान कुमारी गुरुङ् एक सफल व्यवसायी हुनुहुन्छ । स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नं. १ कर्मिडाडा स्थायी बसोबास गर्दै आउनुभएको ज्ञान कुमारी गुरुङको यस संस्थामा आवद्घ भई सकेपछी उहाँको जीवनमा आएको परिवर्तनको बारेमा संस्थाका कर्मचारीसंग गर्नुभएको कुराकानीले अन्य सदस्य तथा पैसा नभएको तर केही गर्ने जोस र जाँगरको व्यक्तिहरुलाई कर्म गरे केही असफल हुदंैन भनी प्रेरीत गराउने खालको उहाँको आफ्नै काहानी सुनाउनुभएको छ ।
उहाँ एक अवकास प्राप्त इन्डियन आर्मीको श्रीमती हुनुहुन्छ । उहाँको ३ छोरा र १ छोरी छन । जेठा र कान्छा छोरा बुहारी रोजगारीको सिलसिलामा विदेशमै हुनुहुन्छ र उहाँको माईलो छोरा पनि ३ वर्षको वैदेशिक रोजगारी पछि विदामा घरमा आउनुभएको रहेछ । त्यसै समयमा कालिका लघुवित्त वित्तीय संस्थाको कर्मचारीहरु गाउँमा संस्थाको सेवा सुविधा र संस्थामा आवद्घ भए पश्चात गर्न पाउने बचत र कर्जाको बारेमा जानकारी गराउदै गर्दा उहाँलाई पनि संस्थामा आवद्घ हुन मन लागेर २०७८।०९।२७ गते ७ दिनको समुह प्रवेश पूर्व तालिम लिई अन्य दिदिबैनीसंगै उहाँ पनि समुहमा आवद्घ भई बचत कारोबार गर्दै जानुभयो ।
छोराको विदा सकिएर विदेश जाने दिन आउन लागेको रहेछ अरु छोरा बुहारी जस्तै उ पनि उतै बस्छ र बुढेसकालको साहारा कोही हुदैन भनेर छोरालाई विदेश पठाउन पटक्कै मन नभएकोले आमा छोरा मिलि गाउँमै केही गरी आम्दानी सकिन्छ भनि छोरालाई सम्झाउँदै व्यवसायिक रुपमा कुखुरापालन गर्ने निर्णय लिनुभएछ र गाउँमा पैसा खोज्दा कतैबाट पैसा नपाएपछी उहाँले कालिका लघुवित्तलाई सम्झेर कर्जाको कुरा राख्नुभयो र समुहमा आई कर्जा माग गरी २०८०।०६।२४ गते उहाले ३,००,०००। कर्जा लिई कुखुराको खोर बनाई पहिलो पटकमा ८०० कुखुराको चल्ला राखी व्यवसाय सुरु गरेर ४५ दिनमा ९५०००। मुनाफा आर्जन भएको भनि खुसी व्यक्त गर्नुभयो ।
त्यसै गरि उहाँले व्यवसायसंगै विस्तारै भैसीपालन, मौरीपालन, फलफुल तथा तरकारी खेतीलाई पनि व्यवसायिक रुपमा विस्तार गर्दै काममा सघाउने अन्य व्यक्तिहरु पनि राखी व्यवसाय संन्चालन गर्न लाग्नुभयो । अहिले उहाँको आमा छोरा कृषि क्षेत्रमा गाउँमै रमाउदै बुढेसकालको साहारा छोरालाई कालिका लघुवित्त वित्तीय संस्थाले गर्दा संगै हुन पाईयो भन्दै संस्थालाई धन्यवाद दिदै उहाँ खुसी हुनुहुन्छ र केही गर्ने चाहाना र जोस र जाँगर भए नेपालमा नै केही गर्न सकिन्छ त्यसको लागी कालिका लघुवित्त साथमा छ भन्ने एक उदाहरणिय र सफल उद्यमी हुनुहुन्छ ।