Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
कालिका लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय आर्यभञ्ज्याङ् द्वारा संचालित सदस्यता नं.३७.०२९.०१.१ को केन्द्र प्रमुख श्री बालकुमारी कँुवर एक सफल व्यवसायी हुनुहुन्छ । पाल्पा जिल्ला बगनासकाली गाउँपालिका ३ चौपारी बस्नुहुने बालकुमारी कँवर को २०६४ सालमा चिन बहादुर कँुवरसँग विबाह भएको थियो । र विबाह पश्चात उहाँको श्रीमान वैदेशिक रोजगारमा जान प्रयास गर्नुभयो तर घरको आर्थिक अवस्था निकै कमजोर भएको कारणले गर्दा श्रीमानलाई विदेश पठाउन समेत पैसा नभएको बताउनु भयो । त्यस पश्चात उहाँले कालिका लघुवित्तको बारेमा थाहा पाउनुभयो र सबै सेवा सुविधाहरुको बारेमा बुझ्दा निकै राम्रो मानेर गाउँमा दिदी बहिनी जम्मा बनाई ७ दिनको तालिम लिई २०७४।११।१५ गते यस संस्थामा आबद्व हुनुभयो ।
कालिका लघुवित्त वित्तीय संस्थामा आबद्व भई सुरुमा ५० हजार कर्जा लिई बाख्रापालन व्यवसाय सुरु गर्नु भएको थियो । बाख्रापालन व्यवसायबाट निकै राम्रो मुनाफा कमाउनु भयो र बिस्तारै व्यवसाय बढाउदै लानुभयो र उहांले बिस्तारै कर्जाको साईज बढाएर अन्य व्यवसाय सुरु गर्नुभयो । १ रोपनी जग्गामा सुन्तला लगाई सुन्तला खेतीबाट पनि राम्रो आम्दानी भएको बताउनु भयो । उहाँ भन्नुहुन्छ हातमा सिप जाँगर त थियो तर पैसाको अभावले गर्दा केही व्यवसाय गर्न सकेको थिइन कालिकाबाट कर्जा पाएकै कारणले गर्दा आफु आत्मनिर्भर बन्न सकेको कुरा बताउनु भयो । हाल उहाँको श्रीमान बैदेशिक रोजगार को शिलशिलामा अफ्रिकामा हुनुहुन्छ । आफुले गाउँमा व्यवसाय गरेर छोरा छोरी पढाउन र घर खर्च राम्रोसँग पुगेको र किस्ता तिर्न पनि सहज भएको कुरा बताउनुभयो ।
हाल उहाँले कालिका लघुवित्त वित्तीय संस्थाबाट ७ लाख कर्जा लिई बाख्रापालन व्यवसाय गर्नुभएको छ । उहाँ भन्नुहुन्छ हामी जस्तो थोरै पढेलेखेका गृहणी महिलाको लागी कालिका लघुवित्तले धेरै राम्रो गरेको छ । कालिका लघुवित्त प्रति उहाँ मात्र नभई त्यस समुहका अन्य सदस्य पनि धेरै सकारात्मक हुनुहुन्छ । अहिले कालिका लघुवित्त कै कारणले गर्दा उहाँको परिवार निकै खुशी र सुखी भएको कुरा बताउनुभयो ।