Buddhachowk, Pokhara-10, Kaski
-
Welcome to Kalika Laghubitta Bittiya Sanstha Ltd
- 'लघुवित्तबाट कर्जा लिई फजुल खर्च नगरौँ, उद्यमी भई आत्मनिर्भर बनौँ ।'
कालिका लघुवित्त वित्तीय संस्था लि. को १५ औं वार्षिक साधारण सभा होटल टास्क इन्टरनेश्नल प्रा.लि पोखराको सभा हलमा पौष २९ गते सोमवार सञ्चालक समिति अध्यक्ष चन्द्र बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ । साधारण सभाले अध्यक्षद्धारा प्रस्तुत आ.व.०८०/०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा विभिन्न प्रस्तावहरु सहित आ.व.०८०/०८१ को मुनाफाबाट ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५ प्रतिशत नगद लाभांश पारित गरेको छ । यस पश्चात संस्थाको हालको चुक्ता पूँजी बृद्धि भई ४० करोड ७६ लाख ९२ हजार ३ सय ४ र पैसा ७६ पुगेको छ । साधारण सभाबाट नयाँ सञ्चालक समितिको समेत सर्वसम्मत चयन भएको छ । सञ्चालक समितिमा संस्थापक समूहको तर्फबाट श्री चन्द्र बहादुर क्षेत्री, श्री चन्द्र बहादुर बस्नेत, श्री रमा कुमारी शर्मा र श्री गणेश पौडेल तथा सर्बसाधारण शेयरधनीहरुको तर्फबाट श्री बिश्वराज नेपाल र श्री युक्त बहादुर सुबेदी निर्विरोध निर्वाचित हुनु भएकाे छ ।सोही दिन बसेको सञ्चालक समितिको बैठकले सञ्चालक श्री चन्द्र बहादुर क्षेत्रीलाई सर्वसम्मत रुपमा पुनः अध्यक्षमा चयन गरेको छ । साधारण सभाको कार्यक्रम वित्तीय संस्थाका कम्पनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत फणिन्द्र पाण्डेले सञ्चालन गर्नुभएकाे थियाे ।