News & Events

चालु आ.व. २०८०।०८१ को वैशाख महिनासम्मको समीक्षा तथा आ.व. २०८१।०८२ बजेट तर्जुमा गोष्ठी साथै शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्धि सम्बन्धी तालिम कार्यक्रम

10 Jun 2024
Kalika Laghubitta
चालु आ.व. २०८०।०८१ को वैशाख महिनासम्मको समीक्षा तथा आ.व. २०८१।०८२ बजेट तर्जुमा गोष्ठी साथै शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्धि सम्बन्धी तालिम कार्यक्रम

कालिका लघुवित्त वित्तीय संस्था लि.ले चालु आ.व. २०८०।०८१ को वैशाख महिना सम्मको समीक्षा तथा आ.व. २०८१।०८२ बजेट तर्जुमा गोष्ठी साथै शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्धि सम्बन्धी तालिम कार्यक्रम पोखरा लेकसाइड स्थीत होटल पोखरा भिजेल प्रा.लि. मा मिति २०८१ जेठ २६ र २७ गते सम्पन्न गरेको छ । उक्त गोष्ठी तथा तालिम कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री कुलचन्द्र पराजुलीले गर्नु भएको थियो भने समद्घाटन वित्तीय संस्थाका अध्यक्ष तथा प्रमुख अतिथि श्री चन्द्र बहादुर क्षेत्रीले गर्नु भएको थियो । साथै १०० शाखा कार्यालयहरुबाट उपस्थिति शाखा प्रमुखले चालु आ.व.को वैशाख महिनासम्मको समीक्षा तथा आगामी आ.व.को लक्ष्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण योजना तथा अनुगमन विभाग प्रमुख कविता पोखरेलले गर्नु भएको थियो भने वित्तीय संस्थाका संचालक समितिका अध्क्षय तथा सदस्यहरु साथै प्रमुख कार्यकारी अधिकृत , नायव प्रमुख कार्यकारी अधिकृत लगायत सम्पुर्ण विभागका विभागीय प्रमुखहरुको प्रस्तुतीकरण रहेको थियो । उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट शाखा कार्यालय तथा शाखा प्रमुखहरुलाई पुरस्कृत गरिएको थियो ।